हामीसँग जोडिनुहोस

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दै

1 मिनेट

काठमाण्डौ,२१ चैत।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पराजित गरेको छ ।

बेङ्गलुरुमा हिजो भएको खेलमा गुजरात ८ विकेटले विजयी भएको हो । बेङ्गलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७  ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे ।

गुजरातका जोस बटलरले अविजित ७३ रन बनाए । बेङ्गलुरुका जोस हेजलवुड र भुवनेश्वर कुमारले समान १ विकेट लिए ।

त्यसअघि एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेङ्गलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेङ्गलुरुका लागि लियम लिभिङ्स्टोनले ५४ रन बनाए ।

गुजरातका लागि मोहम्मद सिराजले ३ विकेट लिए । गुजरातले खेलेको ३ खेलमध्ये २ मा जीत र १ मा हारका साथ अङ्क तालिकाको चौथो स्थानमा यथावत् छ । गुजरात पहिलो खेलमा पञ्जाब किङ्ग्ससँग पराजित भएको थियो भने   दोस्रोमा मुम्बई इन्डियन्सलाई हराएको थियो ।

यस्तै तेस्रो खेलमा पहिलो हार बेहोरेको बेङ्गलुरु ४ अङ्कका साथ तेस्रो स्थानमा छ । बेङ्गलुरुले यसअघि कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्सलाई हराएको थियो ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।