काठमाण्डौ,२१ चैत।
अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्रीलाई अनुमोदन गरेको छ । अमेरिकी विदेश मन्त्रालयले ५ अर्ब ५८ करोड अमेरिकी डलर बराबरको लडाकू विमान फिलिपिन्सलाई बिक्री गर्न लागेको बताएको एएफपीले जनाएको छ ।
यी लडाकू विमान बिक्रीले दक्षिणपूर्वी एशियामा राजनीतिक स्थिरता, शान्ति र आर्थिक प्रगतिका लागि महत्त्वपूर्ण शक्तिका रूपमा रहेको रणनीतिक साझेदारको सुरक्षामा सुधार ल्याउने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
दक्षिण चीन सागरमा फिलिपिन्स र चीनबीच महिनौंदेखि चलिरहेको टकरावपछि यो समाचार सार्वजनिक भएको हो । यसले चीन र फिलिपिन्सबीचको टकराब अझ बढ्ने देखिएको छ । चीनले फिलिपिन्सले क्षेत्रीय शान्तिलाई ‘चुनौती’ दिइरहेको भन्दै उसलाई लडाकू विमान खरिद नगर्न चेतावनी दिएको थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले फिलिपिन्सको अन्य देशसँगको रक्षा र सुरक्षा सहकार्यले कुनै पनि तेस्रो पक्षको हितलाई हानि पुर्याउन नहुने बताउनुभएको छ ।