हामीसँग जोडिनुहोस
Latest
आइतवार, माघ १२, २०८२

आर्थिक वर्ष २०८२/८३ मा देशमा सात प्रदेशले ७८ अर्ब अनुदान पाउने

1 मिनेट

काठमाण्डौ,२१ चैत।

आर्थिक वर्ष २०८२/८३ मा देशमा सात प्रदेशले झन्डै ७८ अर्ब अनुदान पाउने भएका छन् । अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहका लागि उक्त आर्थिक वर्षमा प्राप्त हुने रकम सो बराबर हुने अनुमान गरेको हो ।

यस अनुसार कोशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख, मधेस प्रदेशले १२ अर्ब ३५ करोड ८४ लाख, लुम्बिनी प्रदेशले ११ अर्ब ८६ करोड ५६ लाख, बाग्मती प्रदेशले ११ अर्ब ५२ करोड ८४ लाख, कर्णाली प्रदेशले १० अर्ब २७ करोड ३० लाख, सुदूरपश्चिम प्रदेशको ९ अर्ब ८७ करोड २५ लाख, गण्डकी प्रदेशले ९ अर्ब ७९ करोड ११ लाख रुपैयाँ रहेको छ ।
अहिले आन्तरिक उत्पादनतर्फको मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कबाट प्राप्त हुने राजश्वमा १५ प्रतिशत र रोयल्टी बापतको रकममा २५ प्रतिशत रकम प्रदेशमा बाँडफाँट भएर जाने व्यवस्था छ । यसरी बाँडफाँट हुने रकमलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको सूत्र अनुसार बाँडफाँट सम्बन्धित प्रदेशमा विभाजन गर्ने व्यवस्था छ । यो भने राजश्वको हिस्सा हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।