हामीसँग जोडिनुहोस

बेवारिसे सडक मानवको सहयोगार्थ मानव कल्याण समाजको महायज्ञ आजबाट राधेराधेमा सुरु

3 मिनेट
भक्तपुर, २१ चैत्त । सडकमा अलपत्र परेका, अनाथ, असाह्य एवं वेवारिसे सडक मानवको उद्धार, उपचार, आश्रय, शिक्षा, स्वास्थ्यको व्यबस्था गर्दै आएको मानव कल्याण समाज भक्तपुरले आजबाट आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आजबाट सुरु भएको छ ।

 

महायज्ञको शुभारम्भको क्रममा आज राधेराधेस्थित महायज्ञस्थलबाट सुरु भएको कलश यात्रा मध्यपुरथिमिको वडा नं. ५ देखि ९ सम्मको बिभिन्न क्षेत्रको परिक्रमा गरि महायज्ञस्थलमा आएर समापन भएपछि पण्डित दिनबन्धु पोखरेल र जीवन विज्ञान विशेषज्ञ रमेश नेपालले उद्घाटन गर्नुभयो ।

समाजले हाल भक्तपुरको झौखेलमा एउटा टहरामा ४१ जना बेवारिसे सडक मानव राखेर पालन पोषण गर्दै आएको छ । समाजका सचिव बिजय कुमार पोखरेलका अनुसार, मानव कल्याण समाजले काठमाडौको पशुपति, काभ्रेको पनौती र धुलिखेल, दाङको तुलसीपुर, बाराको निजगढमा गरि ५०५ जनालाई खाना, नाना, छाना, स्वासथ्य उपचारसहितको सेवा दिदै आएको छ ।
दुई हजार एक सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी परिवारमा पुर्नस्थापना गरिसकेको समाजकी संस्थापक अध्यक्ष एवं महायज्ञकी सुमि मानवले जानकारी दिनुभयो । भक्तपुरबाट शुरु भएको अभियान अन्तर्गत अन्यत्रका पाँच शाखामा स्थायी÷अस्थायी संरचनाको व्यवस्था भएपनि भक्तपुरमा भाडाको साँघुरो घरबाट सोवादिन कठिनाई भएपछि महायज्ञमार्फत सहयोग संकलन गरेर स्थायी बसोवासको व्यवस्था मिलाउँन लागिएको अध्यक्ष मानवले जानकारी दिनुभयो ।
मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात कार्यालयसंगै सुरु भएको महायज्ञ २७ गतेसम्म सञ्चालन हुने महायज्ञ आयोजक मुल समारोह समितिका संयोजक गोपी न्यौपानेले जानकारी दिनुभयो ।
‘२०७२ सालदेखि नै सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ, बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरेका थियौ, अहिले झौखेलमा एउटा भाडाको टहरामा ४१ जना बेवारिसे बुबाआमा राखेर नाना, खाना र छानाको व्यबस्था गरेका छौँ, उहाँले भन्नुभयो, ‘समाजले अहिलेसम्म १५१ जना अनाथ बालबालिकालाई काभ्रेमा राखेर पठन पाठन र संगै सबै जिम्मेवारी उठाएका छौँ, अहिलेसम्म हामीले २१ सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी सकेका छौँ, कतिले सेवा घरमै प्राण त्याग्नु भयो, कतिलाई पारिवारिक पुर्नमिलन गरायौ, यो दायित्वलाई स्थायीत्व दिन महायज्ञ आयोजना गर्न लागेका हौ ।’
हाल देशभर ६ स्थानबाट सेवा घर सञ्चालन गरेको बताउदै देशभर ५०३ जनाले सेवा पाईरहेको, काठमाडौको पशुपति क्षेत्र, भक्तपुरको झौखेल, काभ्रेको धुलिखेल र पनौति, बाराको निजगढ तथा दाङको नारायणपुरमा सेवा घर स्थापना गरेर सेवा प्रवाह गरिरहेको बताउनुभयो । काभ्रेको बनेपामा स्थानीय र प्रदेश सरकारले निर्माण गरेको भवनमा १५१ बालबालिका आश्रित रहेको बताउनुभयो । महायज्ञबाट संकलित दान दक्षिणालाई पारदर्शी रुपमा महायज्ञको समापन पछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले महायज्ञ व्यापार हुनु नहुने र संकलित रकम पारदर्शी रुपमा बाहिर आउनु पर्ने बताउनुभयो ।
२१ गते बिहान ७ बजे कलश शोभायात्रा प्रारम्भ गरि ११ बजे समुदघाटन लगत्तै महायज्ञको कथा वाचन सुरु हुने, हरेक दिन साँझ आरती पछि धार्मिक नाटक एवं प्रहसन र नृत्यहरु प्रस्तुत हुने भएको छ । अन्तिम दिन सामुहिक चुडाकर्म, ब्रतबन्, गुन्युचोलीलगायतका कार्य हुने भएका छन ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।