हामीसँग जोडिनुहोस

चालु वर्ष नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान

1 मिनेट

काठमाण्डौ,२१ चैत।

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ ।

एक प्रतिवेदन जारी गर्दै विश्व बैंकले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने जनाएको हो ।

नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले यस वर्षमा नेपालको आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको हो । विश्व बैंकका अनुसार अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ हुने अनुमान गरेको थियो ।

आगामी आर्थिक वर्षहरुमा पनि नेपालको अर्थतन्त्रमा सुधार हुने विश्व बैंकको अपेक्षा छ । आगामी आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.२ प्रतिशत र त्यसपछि ५.५ प्रतिशतले विस्तार हुनेसमेत विश्व बैंकले अनुमान गरेको छ ।

आर्थिक विकाससँगै नेपालमा गरिबीदर पनि घट्ने विश्व बैंकको अनुमान छ । विश्व बैंकले सन् २०२५ मा नेपालको गरिबी ५.५ प्रतिशत, सन् २०२६ मा ४.८ प्रतिशत र सन् २०२७ मा ४ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।