हामीसँग जोडिनुहोस

मधेशकेन्द्रित ७ दलले बनाए अलग्गै मोर्चा

1 मिनेट

काठमाण्डौ,२१ चैत। 

मधेशकेन्द्रित सात दलले अलग्गै मोर्चा बनाएका छन् । मधेशकेन्द्रित विभिन्न ७ दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका हुन्।

यो नयाँ मोर्चामा जनमत पार्टी, जनता समाजवादी पार्टी (नेपाल), जनता प्रगतिशील पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराई-मधेश लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टी समेटिएका छन् ।संविधान संशोधनलगायतका विषयमा साझा धारणा बनाउन मधेशकेन्द्रित दलहरूले अलग्गै मोर्चा बनाएका हुन् । मधेशी दलले यसअघि नै मोर्चा घोषणाका लागि कार्यदल बनाएर दस्तावेज लेखेका थिए । मोर्चाको नेतृत्व समाजवादी मोर्चामा जस्तै आलोपालो गर्ने सहमति गरिएको छ।संघीय लोकतान्त्रिक मोर्चा नाम दिइएको यसमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, वृषेशचन्द्र लाल अध्यक्ष रहेको तमलोपा र हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी रहेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।