काठमाडौं ,२२ चैत ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा विभिन्न जिल्लाबाट काठमाडौँ आएर आन्दोलन गरिरहेका शिक्षकहरू नजाने भएका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले दिउँसो तीन बजे आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका थिए ।
वार्तामा आफूहरू नजाने विद्यालय कर्मचारी परिषद् अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौँ आएर चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।