२२ चैत,काठमाडौँ ।
अनेरास्ववियु (क्रान्तिकारी) आफूले उठाएका मागहरू काठमााडौँ विश्वविद्यालयले सुनुवाई नगरेको भन्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ ।
क्रान्तिकारी काठमाडौं विश्वविद्यालय राष्ट्रिय समितिले चैत १२ गते विश्वद्यिालयसमक्ष माग पत्र बुझाएको थियो । तर आठ दिन वितिसक्दा समेत प्रशासन र विद्यार्थी कल्याण निर्देशनालयले मागप्रति वेवास्ता गरेकोले आन्दोलन घोषणा गर्न बाध्य भएको विश्वविद्यालय राष्ट्रिय समितिका संयोजक सन्तोष बुढाथोकीले जानकारी दिए ।
क्रान्तिकारीले विद्यार्थी कल्याण परिषद्को चुनाव प्रत्यक्ष प्रणाली मार्फत हुनुपर्ने, फार्मेसी २२ र २३ व्याचका विद्यार्थीहरुले पाउनुपर्ने छात्रवृत्ति नपाएकोले तत्काल छात्रवृत्ति प्रदान गरिनुपर्ने र विश्वविद्यालयको ऐन र नियम विपरित भएका सबै पदहरु खारेज गरिनुपर्ने माग राखेको थियो ।
क्रान्तिकारीले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने जनाएको छ । तर, यदि विद्यार्थीका जायज मागहरू वेवास्ता गरिए थप कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
क्रन्तिकारीले आज विद्यार्थी कल्याण निर्देशनालयमा तालाबन्दी गर्ने, शनिबार एडमिन ब्लक बाहिर जागरण सभा गर्ने, चैत २५ गते सांकेतिक विरोध प्रर्दशन गर्ने कार्यक्रम राखेको छ । यस्तै चैत २६ गते स्कुल अफ इन्जिनियरिङ र साइन्स तालाबन्दी गर्ने र चैत २७ गते रिले अनशनको सुरु गर्ने कार्यक्रम रहेको छ ।