हामीसँग जोडिनुहोस

नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार हुँदै

1 मिनेट

२२ चैत,काठमाडौँ ।

नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार हुँदैछ । शनिबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान हुनेछ । मतदानका लागि रामशाहपथस्थित सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसन परिसर गरी दुई ठाउँमा ३६ मतदान केन्द्र तोकिएको छ ।

मतदानमा सर्वोच्च, उच्च, विशेष र जिल्ला बार एसोसिएसन एवं कानुन व्यवसायीसहित ९ हजार ९९७ मतदाता सहभागी हुँदैछन् । मतदानमा सहभागी हुनका लागि अनिवार्य रूपमा कानुन व्यवसायी परिषद्‌बाट जारी गरिएको परिचयपत्र वा कानुन व्यवसायीको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्रमध्ये एक सक्कलै लिई उपस्थित हुन बार एसोसिएसनले आग्रह गरेको छ ।

३ वर्षे कार्यकालको २५ सदस्यीय ३ वर्षीय पदाधिकारीका लागि निर्वाचनमा सत्ता पक्षीय नेकपा एमाले निकट पेसागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए) र नेपाली काङ्ग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बिच गठबन्धन भएको छ । जसलाई राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट कानुन व्यवसायीहरूले समर्थन गरेका छन् ।सत्ता पक्षीय लोकतान्त्रिक प्रगतिशील तथा देशभक्त कानुन व्यवसायी समूह नाम दिइएको उक्त समूहबाट डीएलएका प्राडा विजयप्रसाद मिश्र उम्मेदवार छन् भने एमाले निकट पीपीएलएका केदार कोइराला महासचिवका उम्मेदवार छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।