काठमाडौं,२३ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २६ गते मंगलबार मधेश प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्।
मधेश प्रदेशसभामा शुक्रबार बसेको सर्वदलीय बैठकले २६ गते प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्नेबारे निर्णय गरे।
२६ गते प्रधानमन्त्री ओलीले सदनमा सम्बोधन गर्ने सहमति भएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले बताए।