हामीसँग जोडिनुहोस

बिमस्टेक सम्मेलनमा सहभागी हुन थाल्याण्ड गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

1 मिनेट

काठमाडौं,२३ चैत ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन थाल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्। ओली नेतृत्वको प्रतिनिधि मण्डल आज दिउँसो स्वदेश फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा भाग लिन ओली चार दिनअघि बैंकक गएका थिए । बैंककमा रहँदा ओलीले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गरे। यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता पनि गरे।

साथै बिमस्टेक राष्ट्रका समकक्षीहरुसँग उहाँले छलफल गर्नुभएको थियो। प्रधानमन्त्री ओलीको भ्रमण दलमा उहाँकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक-विकास सल्लाहकार डा। युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।