हामीसँग जोडिनुहोस

हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

1 मिनेट

काठमाडौं,२३ चैत ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि १४ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । शृङ्खलाका लागि क्यानले लोकेश बम, साहब आलम र बसिर अहमदलाई लामो समयपछि टोलीमा राखेको जनाएको छ । यस्तै नन्दन यादव पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।

क्यनाले रोहित पौडेलको कप्तानीमा आसिफ शेख, कुशल भुर्तेल, लाकेस बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झासहित १४ सदस्यीय टोली घोषणा गरेको छ ।

यही चैत २७ गतेदेखि ३१ गतेसम्म हुने शृङ्खलामा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन् । नेपालले पहिलो दिन कतारसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । दोस्रो खेल २७ गते कुवेत र तेस्रो खेल ३० गते हङकङसँग खेल्नेछ ।

लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।