हामीसँग जोडिनुहोस

काठमाण्डौमा वायु प्रदूषण उच्च, विश्वका प्रदूषित शहरमध्ये दोस्रो स्थानमा

1 मिनेट

काठमाण्डौ,२४ चैत ।

काठमाण्डौमा आज पनि वायु प्रदूषण बढेको छ । विश्वका प्रदूषित शहरको सूचीमा काठमाण्डौ आज दोस्रो स्थानमा छ । बिहान ७ बजे काठमाण्डौको हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई सय ११ मापन भएको छ । प्रदूषित शहरको शीर्ष स्थानमा भारतको दिल्ली छ ।

दिल्लीको एक्यूआई दुई सय ४९ र तेस्रोमा रहेको पाकिस्तानको लाहोरको दुई सय सात रहेको छ । बिहीवार खतरनाक तह पार गरेर शुक्रवारदेखि केही घटेको काठमाण्डौको प्रदूषण हिजो बेलुकादेखि फेरी बढेको हो । एक्यूआई दुई सय भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।

वायु गुणस्तर मापन सूचक दुई सय भन्दा माथि रहेकोले अति सावधानी अपनाउनुपर्ने डाक्टरहरु बताउँछन् । एक हप्ता अघिदेखि नै बढिरहेको प्रदूषणका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ ।

अल्का अस्पतालका छाती रोग विशेषज्ञ डा. अहिस श्रेष्ठले बिरामीको सङ्ख्या निक्कै बढेको बताउनुभयो । वायु प्रदुषणका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु धेरै देखिने गरेका छन् । यस्तै दूषित कणहरु फोक्सोबाट रगत हुँदै शरिरका अरू अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टर श्रेष्ठको भनाइ छ ।

वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् । अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरको सुझाव छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।