हामीसँग जोडिनुहोस

आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिए

1 मिनेट

काठमाण्डौ,२४ चैत ।

आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । अनुमति लिने क्रम चलिरहेको छ ।

यसैबीच सगरमाथा आरोहणका लागि बाटो निर्माण भइरहेको छ । खुम्बु आइसफल क्षेत्रमा चार वटा भर्‍याङ र १२ वटा किला ठोकिसकिएको विभागका निर्देशक लीलाधर अवस्थीले बताउनुभयो ।

दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्नेमा अहिलेसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको बाटो बनाउने काम गरिरहेको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ ।

एसपीसीसीले बाटो बनाउन १० जना आइसफल डाक्टरलाई खटाएको छ । दोस्रो शिविरसम्म बाटो तयार भएपछि पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् डोरी टाँग्ने काम गर्छ ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । सगरमाथासहित २९ वटा हिमाल आरोहणका लागि अहिलेसम्म एक सय ९८ जनाले आरोहण अनुमति लिएका विभागले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।