हामीसँग जोडिनुहोस

आईपीएल क्रिकेटमा गुजरातले हैदराबादलाई सात विकेटले हरायो

1 मिनेट

काठमाण्डौ,२५ चैत ।

इण्डियन प्रिमियर लिग (आइपिएल) गुजरात टाइटन्सले  तेस्रो जित निकालेको छ।

सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै गुजरात ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६ दशलमव ४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो।

गुजरातको सुरुवात कमजोर रहयो। १६ रन जोड्दा दुई विकेट गुमायो। ओपनर साई सुदर्शन ५ रनमा जोस बट्लर बिना रन जोडी आउट भए।तर त्यसपछि कप्तान शुभमन गिल र वासिङ्टन सुन्दरले तेस्रो विकेटको लागि ९० रनको साझेदारी गर्दै इनिङ्स उकासे।

वासिङ्टन अर्धशतकबाट मात्र १ रनले चुके। २९ बल खेल्दै ५ चौका र २ छक्का सहित ४९ रन जोडेर मोहम्मद सामीको बलमा आउट भए। शुभमनले भने अर्धशतक बनाए। उनले ३६ बलमा ७ चौका सहित उनले अर्धशतक प्रहार गरे।

त्यसपछि शुभमन र सेरफान रूथफोर्डले गुजरातलाई जिततर्फ डोर्याए। शुभमनले ४३ बलबाट अविजित ६१ रनको पारी खेले। रुथफोर्ड अविजित ३५ रनमा रहे।

सनराइजर्सको बलिङमा पनि फितलो रहयो। उसको लागि मोहम्मद सामीले २ र प्याट क्युमिन्सले १ विकेट लिए।त्यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो।सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा आउट हुँदा ३८ रन मात्र बनाएको थियो।

ट्राभिस ८ रनमा अभिषेक १८ रनमा मोहम्मद शिराजको बलमा आउट भए। लगतै तेस्रो विकेटको रूपमा इशान किशन पनि १७ रनमा नै आउट भए। यसपछि हेनरिक क्लासेन र नितिश कुमार रेड्डीले चौथो विकेटको लागि ५० र को साझेदारी गरे।

हेनरिक २७ रनमा आउट भए। उनलाई पछयाउँदै नितिश ३१ रनमा पबिलियन फर्किए। उनी नै सर्वाधिक रन जोड्ने खेलाडी बने। सनराइजर्सले १०५ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।