हामीसँग जोडिनुहोस

विश्व म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय बढी

1 मिनेट

काठमाण्डौ,२५ चैत ।

गत मार्च २८ मा म्यानमारमा गएको ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५ सय ६४ पुगेको छ । पछिल्लो अध्यावधिक अनुसार ५ हजार १२ जना घाइते छन् भने २१० जना अझै हराइरहेका छन् । यस भूकम्पले राजधानी सहित छ वटा क्षेत्र र राज्यहरूमा गम्भीर क्षति पुर्‍याएको छ ।

म्यानमारको सरकारी संचार माध्यम एमआरटिभीका अनुसार देशभर एक साता भारी वर्षा, चट्याङ, हावाहुरी, असिना पानी र पहिरोको सम्भावना रहेको छ । जनतालाई सतर्क रहन आह्वान गरिएको छ । तापक्रम हप्ताको मध्यतिर ३८ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताइएको छ ।मण्लेडामा केही भवनहरू वर्षा र हुरीका कारण थप भत्किएपछि आश्रय लिनेहरूलाई झनै समस्या परेको छ । इरावाडी समाचार संस्थाका अनुसार मण्लेडाको ग्रेट वाल होटल(अतिथिगृह)को भग्नावशेषमा ८० शव फेला परेका छन् ।

सैन्य सरकारका अनुसार ५ हजार २ सय २३ भवन, १ हजार ८ सय २४ विद्यालय, २ हजार ७ सय ५२ गुम्बा, १ सय ६७ अस्पताल, १ सय ९८ बाँध र १ सय ८४ सडक खण्डमा क्षति पुगेको छ । सन् २०२१ मा सेनाले सत्ताको नियन्त्रण लिएपछि देशमा नागरिक द्वन्द्व चलिरहेको छ, जसले राहत कार्यलाई झनै जटिल बनाएको छ । भूकम्पबाट प्राभावितलाई राहत तथा उद्धार कार्यमा सहयोग गर्नको लागि विभिन्न देशहरुले आफ्नो सहयोग तथा उद्धार टोली म्यानमार पठाएका छन् । जस अन्तर्गत नेपालबाट पनि नेपाली सेनाको उद्धार टोली र मेडिकल सामाग्रीहरु पठाइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।