काठमाण्डौ,२५ चैत ।
प्रतिनिधिसभाअन्तर्गत आज (सोमबार) तीन संसदीय समितिको बैठक बस्ने भएको छ ।
अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दैछ ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आव २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको ३ बजे बस्नेछ ।
यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक विहान १० बजे बस्ने छ । बैठकमा मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने मानिसहरूको मानवअधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।