
काठमाण्डौ,२५ चैत ।

आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदैछ। ‘स्वस्थ सुरुवात, आशावादी भविष्य’यो वर्षको नारा रहेको छ। विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाइन्छ।
स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ।
यस वर्ष दिवसमा मातृ तथा नवजात शिशुको स्वास्थ्यमा जोड दिइएको छ। विश्व स्वास्थ्य संगठनले मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धी एक वर्ष लामो अभियान सुरु गर्ने जनाएको छ।
अभियानले मातृ तथा नवजात शिशु मृत्यु अन्त्य गर्न र महिलाको दीर्घकालीन स्वास्थ्य र कल्याणलाई प्राथमिकता दिने प्रयासहरू तीव्र पार्न आग्रह गर्नेछ। प्रत्येक वर्ष करिब ३ लाख महिलाहरूले गर्भावस्था वा बच्चा जन्माउने क्रममा आफ्नो ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
यस्तै विश्वमा २० लाखभन्दा बढी शिशुहरू जन्मेको पहिलो महिनामै मर्ने र लगभग २० लाख थप मृत जन्मिने गरेको तथ्यांक छ।
नेपाल सरकारले दिगो विकास लक्ष्य अनुरुप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र २०३५ मा १० भन्दा कममा ल्याउने प्रतिबद्धता जनाएको छ।
आर्थिक सर्वेक्षण २०७९/०८० को तथ्यांक अनुसार नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ र एक वर्षसम्मका शिशुको मृत्युदर २८ रहेको छ।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






