हामीसँग जोडिनुहोस

आन्दोलनरत शिक्षकहरुले आजदेखि शैक्षिक हड्ताल गर्दै

1 मिनेट

काठमाण्डौ,२५ चैत ।

आन्दोलनरत शिक्षकहरुले आजदेखि शैक्षिक हड्ताल गर्दैछन्।

नेपाल शिक्षक महासंघले आजदेखि विद्यालय बन्द गरेर काठमाडौं आउन देशभरका शिक्षकलाई आह्वान गरेको छ। चैत २० गतेदेखि काठमाडौंको माइतीघर क्षेत्रमा आन्दोलनरत शिक्षकहरुले आजदेखि आन्दोलन थप सशक्त बनाउन लागेका हुन्।

आन्दोलन अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन एवं नेपाल सरकार, प्रदेश सरकार तथा ती अन्तर्गतका र स्थानीय तहलगायतबाट राखिएका तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यक्रममा संलग्न नहुन सबै शिक्षक–कर्मचारीमा महासंघले आह्वान गरेको छ।

विद्यालय शिक्षा विधेयक जारी नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप चर्काउने महासंघको घोषणामा विभिन्न राजनीतिक दल निकट १५ शिक्षक संगठनले पनि ऐक्यबद्धता जनाएका छन्।

हिजो सिठी जुलुस गरेका शिक्षकहरुले आज आन्दोलनको छैटौं दिन मौन जुलुस निकाल्ने तयारी गरेका छ। कालोे मास्क लगाएर मौन जुलुश निकालिने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो। जुलुस बिहान ११ बजे माइतीघर मण्डलाबाटै शुरु हुनेछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।