भक्तपुर, २५ चैत । उमेरले ७८ बर्ष पुग्नु भएकी मध्यपुरथिमि–३, गठ्ठाघर निवासी मिश्री देउजाले सरकारले दिएको आफ्नो नामको बृद्धभत्ता बोकेर मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित ज्ञानविज्ञान महायज्ञस्थल पुग्नु भयो ।
बैंकबाट आइतबार निकालेको ११ हजार १११ रुपैयाँ बृद्धभत्ता बोकेर छोरी बिणाको साथमा मानव कल्याण समाजले भवन निर्माणार्थ आयोजना गरेको महायज्ञमा आज उहाँले उक्त रकम दान दिनुभयो । उहाँले भन्नुभयो, “जसको कोही छैन, उनीहरुको भगवाण हुन्छ भन्छन्, मेरो बृद्वभत्ता ती असाह्य कोही भएका मानवका लागि थारै सहयोग गर्न पाउँदा आज मेरो मन निकै आनन्दित छ ।
काभ्रेको नमोबुद्द नगरपालिकाबाट आमाको साथमा आएकी सात बर्षिया बालिका आस्भी खनालले खुत्रुके फुटाएर जम्मा भएको पाँच हजार ५५ रुपैयाँ महायज्ञस्थलमा दान गर्दा धरैको आँखा रसाएँ । विगत पाँच वर्षदेखि रक्त क्यानसरको उपचार गराईरहनु भएका मध्यपुरथिमि निवासी गोबिन्दप्रसाद न्यौपानेले यज्ञस्थलमै आएर २१ हजार रुपौयाँ दान गर्नुभयो ।
दुवै मिर्गौलामा खराबी आएपछि उपचार गराईरहनु भएका सुर्यविनायक नगरपालिका–२ बालकोट निवासी नारायण बस्नेतले अस्पतालमा डायलोसिस सकाएर सिधै महायज्ञस्थल आएर ११ हजार रुपौयाँ दान दिनुभयो । यी त प्रतिनिधि पात्र मात्रै हुन् । सयौ जेष्ठ नागरिक, केही बालबालिका र आफै दीर्घरोगको उपचार गराइरहनु भएका विरामीले महायज्ञस्थलमा आएर दान गर्दा धेरैको आँखा रसाँए । मन कुटुक्क खायो ।
मानव कल्याण समाजकी संस्थापक अध्यक्ष एवं महायज्ञकी कथा वाचिका देवी सुमी मानव भन्नुहुन्छ, “यो निस्वार्थ धार्मिक कार्य हो, २०७४ सालदेखि सडकमा रहेका मावनहरुको उद्धार गरि खाना, नाना र छानाको व्यबस्था गर्द आएका छौँ, असाह्यहरुको आवास अस्थायी भयो त्यसैले आफ्ना कोही नहुने बेसाहाराहरुका लागि साहारा बन्न हामीले धेरै सहयागी हातहरु, मनहरुलाई जोड्दै छौँ ।”
सडकबाट उद्धार गरिएका असहाय सडक एवं वेवारिसे मानवको लालन, पालन र स्थायी आवाससहितको दिगो व्यवस्थापनका लागि आयोजना गरेको महायज्ञसंगै भक्तपुरको झौखेलमा जस्ताको टहरामा जीवन गुजारी रहनु भएका बेसाहाराहरुको आश्रमकोे अवलोकन गरिदिनु हुन उहाँले आग्रह गर्नुभयो ।
महायज्ञस्थलमा रु. ५१ हजार दान दिने स्थानीय परशुराम कार्कीले भन्नुभयो, “जिन्दगी त सुखुदुख चलाउन सकिन्छ, चल्छ पनि तर कोही नहुनेहरुका लागि अलिकति मन फराकिलो बनाउन सहयोग गर्न पाउँदा जीवन जिउँनको सार्थकता पाए जस्तै लाग्यो, जिन्दगीमा यसैगरि सहयोग गर्न र्पारहियोस ।”
महायज्ञस्थलमा आज भएको सडकबाटै उद्धार गरिएका सात बालिकालाई गन्यू चोली र ६ बालकको चुडाकर्म अर्थात ब्रतबन्धमा स्थानीय दाताको सहभागिताले ती बालबालिकाको मन प्रफुल्लित बनाएको बताउनु हुन्छ महायज्ञ आयोजना मूल समारोह समितिको सचिवालयका बेदप्रसाद खरेल ।
भक्तपुरलाई सडक मानव मुक्त बनाउने अभियान सुरु भएको करिब पाँच वर्षको अबधीमा जस्ताको टहराबाट मानव कल्याण धाम बनाउँन सके धेरै बेसाहाराका लागि दिगो बासस्थानको व्यबस्था हुने भएकाले सुमी मानवको अभियानलाई साथ दिएको उहाँले बताउनुभयो । महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष नरेश रंजितले आजसम्म दाताहरुबाट महायज्ञमा ३० लाख रुपैयाँ संकलन भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सडक मावन मुक्त पार्ने अभियानलाई विगत चारवर्षदेखिनै साथ दिदै आएका छौँ, यहाँ आफ्नै सन्तानले बाबुआमालाई नहेर्ने जमानामा उहाँले सडकमा अलपत्र पारिएको बेवारिसे मानवलाई उठाएर आश्रम पुर्याएर गरेको सेवा देखेर प्रभावित भएर यो अभियानमा साथ दिएका छाँै, साथ र सहयोगीहातहरु थपिदै छन् ।”
महायज्ञ मूल आयोजक समितिका संयोजक गोपी न्यौपानेले हामी मानव भएर मानवकै लागि सहयोग जुटाउँन गरेको महान कार्यमा सहयोगी हात र मनहरु थपिदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ जन्म दिएर नौ महिनाअगाडि सालनालसहित झाडीमा फालिएकी बालिका यही महायत्रमा नन्दलाला (कृष्ण) बनाएर कृषजन्मोत्सवको नाटक प्रर्दशन गरि परिक्रमा गर्दा ९ महिनाकी बालिकालाई सहभागी सबैले कृष्ण भगवाण मानेर दर्शने गर्ने र झाडीबाट उठाएर सेवा घर पुर्याएर सालनाल काटेर ग्रहण गर्ने आमा आज यही महायज्ञमै कथा वाचिका हुने यो संयोगले सहभागिलाई नतमस्तक बनाएको छ ।”
२०७२ सालदेखि भक्तपुरबाट सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ, बिस्कुट तथा पानी बाढेर सुरु भएको यो अभियान २०७४ सालदेखि सहयोगी हातहरुको सहयोगले भाडाको घर लिएर खरिपाटीबाट सुरु भएको आश्रम अहिले झौखेलको टहरा बेसाहाराको आश्रयस्थल बनेको छ ।
समाजले हाल भक्तपुरको झौखेलस्थित टहरामा ४१ जना बेवारिसे सडक मानवको पालन पोषण गर्दै आएको समाजका सचिव विजयकुमार पोखरेलले जानकारी दिनुभयो । काठमाडौको पशुपति, काभ्रेको पनौती, धुलिखेल, दाङको तुलसीपुर, बाराको निजगढमा गरि ५५ जना अनाथ बालबालिकादेखि असाह्य गरि ५०५ जनालाई पालन पोषण गर्दै आएको छ ।
सात वर्षको यो अबधीमा २१ सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी परिवारमा पुर्नमिलन गराइएको छ भने सालनालसहित झाडीमा भेटिएका शिशुदेखि, बलात्कारको पीडामा परेकी किशोरी, अनाथ बालबालिका, छोराछोरी विदेश र स्वदशमै सम्पन्न भएर पनि सडकमा आश्रय लिन पुगेका आमाबाबुलाई समाजले आश्रय दिदै आएको छ ।
आश्रममै अन्तिम बिश्राम लिएकाहरुको प्रहरी प्रक्रिया पुरा गरेर सुमि मावनलगायतको संस्थाले दाहसंस्कार समेतगर्दै आएको छ । भारतको उत्तर प्रदेशस्थित बृन्दावनमा श्रीमद्भागवतको कोर्ष पुरा गरेर महायज्ञ वाचिका बनेर अनाथ असाह्यहरुको साहार बन्दै सुमि मानवको अभियानलाई महायज्ञमा आउनेहरुले सथ दिएका छन् ।