हामीसँग जोडिनुहोस

कालो मास्क लगाएर आन्दोलन गरिरहेका शिक्षकको मौन प्रदर्शन

1 मिनेट

२५ चैत ,काठमाडौँ ।

काठमाण्डौ केन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेर चैत २० गते बुधवारदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् ।

शिक्षकहरुले हिजो सिठी बजार तथा अस्ति शनिवार सडकमा सुतेर प्रदर्शन गरेका थिए । प्रदर्शनलाई सरकारले वेवास्ता गरेपछि आजदेखि शैक्षिक हडतालको घोषणा गरेको शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।

सरकारले वार्ताका लागि बोलाए पनि महासङ्घले अस्वीकार गर्दै आएको छ । ऐन जारी हुने अवस्था नबनेसम्म वार्तामा नजाने महासङ्घको अडान छ । सरकारसँग २०८० सालको असोजमै सहमति भइसकेकोले त्यही सहमति अनुसार ऐन जारी हुनुपर्ने सुबेदीले बताउनुभयो ।

शिक्षकहरुको हडतालका कारण विद्यालय भर्ना अभियान र एसईईको नतिजा प्रकाशन तयारी प्रभावित बन्ने जोखिम छ । यसबेला विद्यालयमा पढाई भने चलेको छैन । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु दोस्रो पटक काठमाण्डौ आएका हुन् ।

यसअघि २०८० असोजमा तीन दिन प्रदर्शन गरेपछि सरकारसँग सहमति गरेर विद्यालय फर्केका थिए । तर विधेयक पारित गर्न ढिलाइ भएकोले फेरी आन्दोलनमा आउनुपरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।