२५ चैत ,काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि बल्खुमा विरोध प्रदर्शन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले भृकुटीमण्डपमा प्रदर्शन गर्न नदिएपछि राप्रपाले बल्खु रोजेको हो ।
प्रवक्ता मोहन श्रेष्ठले सरकारले सर्वसत्तावादी चरित्र देखाएर भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्न नदिएको उल्लेख गर्दै अब बल्खुमा कार्यक्रम गरिने तय भएको जानकारी दिनुभयो । राप्रपाले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको उल्लेख गर्दै श्रेष्ठले शान्तिपूर्ण प्रदर्शन जहाँ गर्दा पनि फरक नपर्ने बताउनुभयो ।
हिजो जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सुरक्षा संवेदनशीलता देखाएर राप्रपालाई बल्खु वा सिफलमा प्रदर्शन गर्न अनुरोध गरेको थियो ।