हामीसँग जोडिनुहोस

तीनकुनेमा भएको घटनालाई हिंसात्मक बनाउन सरकारले नियोजित षडयन्त्र गरेको राप्रपाको निष्कर्ष

1 मिनेट

२५ चैत ,काठमाडौँ ।

कमल थापा नेतृत्वको राप्रपा नेपालको सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनालाई अराजक र हिंसात्मक बनाउन सरकार स्वयंले नियोजित षडयन्त्र गरेको निष्कर्ष निकालेको छ ।

तीनकुने घटनामा गोली काण्ड, सविन महर्जन र पत्रकार सुरेश रजकको दुस्खद मृत्यु, म्याद गुज्रिएको टियर ग्यासको प्रयोग, लुटपाट, आगजनी र प्रशासनिक दमनका बारेमा निष्पक्ष छानविनको लागि उच्चस्तरिय न्यायिक आयोग गठन गर्न समेत राप्रपा नेपालले माग गरेको छ । त्यस्तै चैत १५ गते कुनै अराजक गतिविधिमा संलग्न नरहेका बरु परिस्थितिलाई नियन्त्रण भन्दा बाहिर जान नदिन तथा भिडलाई संयमित हुन सार्वजनिक आह्वान गरिरहेका डा.धवल शमसेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्र राजभण्डारी, आशिष तामाङ लगायतलाई झुठा मुद्दा लगाई थुनामा राखिएका सबैलाई तत्काल रिहा गर्न समेत राप्रपा नेपाल सरकारसँग माग गरेको छ ।

त्यस्तै बैठकले हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको पुनस्स्थापना गर्न तथा विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन डा.जगमान गुरुङको संयोजकत्वमा गठन भएको संयुक्त जनआन्दोलन समितिलाई राप्रपा नेपालले पूर्ण रूपले सहयोग र समर्थन समेत गरेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।