सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको छ।
प्रतिपक्षी दलको अवरोधका कारण प्रदेशसभाको बैठक बस्न नसकिरहेकाले सूचना टाँस गरेर पाँचौं अधिवेशन अन्त्य गरिएको हो।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिदिएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।