हामीसँग जोडिनुहोस

तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनको क्रममा भएको हिंसात्मक घटनामा थप ६ जना पक्राउ

1 मिनेट

२६ चैत,काठमाडौँ । 

चैत्र १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनको क्रममा भएको हिंसात्मक घटनामा प्रहरीले छानविनका लागि थप ६ जनालाई पक्राउ  गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका ६ जनाविरूद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सर्लाही घर भई ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, धरान घर भई काठमाडौं बस्ने १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारू, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ छन् ।

यो सँगै घटनामा पक्राउ पर्नेको संख्या ७३ जना पुगेको छ । दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । घटनाका मुख्य आरोपित मानिएका दुर्गा प्रसाई भने अझै फरार रहेका छन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।