हामीसँग जोडिनुहोस

आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न प्रधानमन्त्री ओलीलाई तरुण दलको आग्रह

1 मिनेट

२६ चैत,काठमाडौँ । 

सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न आग्रह गरेको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले आज विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘नेपाल शिक्षक महासंघसंग भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न वर्तमान सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता एवं संवाद थाल्न नेपाल तरुण दल यसै विज्ञप्तिमार्फत नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।’

नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू विगतमा भएका सम्झौता र सहमति कार्यान्वयनका लागि शीघ्र  विद्यालय शिक्षा ऐन पारित गर्न माग राख्दै काठमाडौँमा आन्दोलन गरिरहेका छन् ।

शिक्षकहरूको आन्दोलनले पठनपाठन ठप्प भएको छ भने एसईईको उत्तर पुस्तिका परीक्षणको काम थाती रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।