हामीसँग जोडिनुहोस
Latest
मङ्लबार, साउन २६, २०८३

सुशासनका लागि समृद्धिको यात्रामा मिलेर अघि बढ्न जनतालाई  प्रधानमन्त्री ओलीको आग्रह

1 मिनेट

२६ चैत,काठमाडौँ । 

 प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिइ लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन आग्रह गरेका छन्।

मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आव्हान गरे।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे।

संविधानले प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्न सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र स्थानीय तह बिचको समन्वय, नीति निर्माण र विकासका कार्यहरुलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताए।प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, एसियन हाइवे, हुलाकी सडक, दूतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेशको विकास र समृद्धिको आधार भएकाले आइसिपी तथा प्रमुख भन्सार नाका विरगंजलाई आर्थिक केन्द्र तथा प्राचीन शहर जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधारको रुपमा विकास गर्न सकिने बताए।

ट्रेण्डिङ