हामीसँग जोडिनुहोस

काठमाण्डाैको बल्खुमा राप्रपाको शक्ति प्रदर्शन

1 मिनेट

२६ चैत,काठमाडौँ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाण्डाैको बल्खुमा शक्ति प्रदर्शन र आमसभा गरेको छ । राप्रपाले विभिन्न ठाउँबाट निकालेको र्‍याली बल्खुमा पुगेर आमसभामा परिणत भएको छ ।

आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् । राजसंस्था पुनर्स्थापना, सङ्घीयता खारेजीलगायत एजेन्डासहित राप्रपाले प्रदर्शन र आमसभा गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जनप्रदर्शनमा सरकारले कडा सुरक्षा व्यवस्था गरेको छ । यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले आज सुरक्षा व्यवस्थामा कडाइ गरेको हो ।

प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन गरेको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।