
२६ चैत,काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक शक्तिहरू अटाउने गरी नयाँ समझदारी गर्नुपर्ने बताउनुभएको छ ।
राप्रपाले आज काठमाण्डौको बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश अब यही अवस्थाबाट अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले राजादेखि गणतन्त्रवादीहरूसम्म अटाउने गरी मौलिक व्यवस्था निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । राजा अभिभावक र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा हिन्दू राष्ट्र हुनुपर्ने उहाँको माग गरेको छ ।
राप्रपाले राजसंस्था पुनर्स्थापना, सङ्घीयता खारेजीलगायत एजेन्डासहित प्रदर्शन र आमसभा आयोजना गरेको हो । कार्यक्रममा बोल्दै राप्रपाका नेताहरूले यसअघि राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् । तीनकुने घटनालाई लिएर रविन्द्र मिश्र, धवलशमसेर राणालगायतका नेताहरूलाई झुटा मुद्दा लगाइएको राप्रपाकाे दाबी छ ।
यसअघि तीनकुनेमा दुर्गा प्रसाईंकाे नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक भएपछि सरकारले आज बल्खुमा उच्च सतर्कता अपनाएको छ । यस्तै बल्खु आसपासका व्यवसायीहरूले आफ्नो पसल बन्द गरेका छन् ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






