हामीसँग जोडिनुहोस

हङकङमा आज बाट ट्वी–२० सिरिज सुरु हुँदै,नेपालले पहिलो खेलमा कतारसँग प्रतिस्पर्धा गर्दै

1 मिनेट

२७ चैत ,काठमाडौं ।

हङकङमा आजबाट चार देश सम्मिलित ट्वी–२० सिरिज सुरु हुँदैछ।   नेपालले आज पहिलो खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान पौने ७ बजे हङकङमा सुरु हुनेछ। खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

नेपाल, हङकङ, कतार र कुवेत सम्मिलित सिरिज आगामी टी–२० विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ।

नेपालले सन् २०२५ मा हिलो अन्तर्राष्ट्रिय खेल कतारविरुद्ध खेल्न लागेको हो।  सिरिजमा तुलनात्मक रुपमा कमजोर टोली भए पनि टी- २० विश्वकप छनोटका लागि हङकङ भ्रमण फलदायी हुने कप्तान रोहित कुमार पौडेलको विश्वास छ

यो सिरिजका लागि लोकेश बम, साहब आलम, बसिर अहमदले टोलीमा पुनरागमन गरेका छन् भने नन्दन यादव पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्।

टोलीमा सन्दीप लामिछाने र अनिल शाह भने यस पटक समावेश छैनन्। शल्यक्रियापछि सन्दीप रिकभर गरिरहेको र अनिल चोटका कारण यसपटक टोली बाहिर परेका हुन्।

टोलीका नवनियुक्त प्रशिक्षक स्टुवार्ट ल अप्रिल २४ पछि मात्र टोलीको जिम्मेवारीमा आउने हुँदा यो सिरिजमा क्यानले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रशिक्षणको जिम्मेवारी दिएको छ।

सिरिजका ४ टोली मध्ये नेपाल तुलनात्मक रुपमा बलियो टोली हो। आईसिसीको पछिल्लो ट्वेन्टी ट्वेन्टी वरियतामा नेपाल १७ औं स्थानमा छ। नेपाल भन्दा तल हङकङ २३ औं, कुवेत २४ औं र कतार २८ औं स्थानमा छ। पहिलो प्रतिद्वन्द्वी कतारसँग नेपालले अहिलेसम्म २ खेल खेल्दा दुवैले १–१ खेल जितेका छन्।

सन् २०१९ मा भएको पहिलो भेटमा ४ विकेटले हारेको नेपालले गत वर्ष अप्रिलमा भएको एसिसी प्रिमियर कपमा ३२ रनको जित निकालेको थियो। त्यस्तै, दोस्रो खेलको विपक्षी कुवेतविरुद्ध नेपालले १ मात्र खेल खेल्दा ७ विकेटको जित निकालेको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।