हामीसँग जोडिनुहोस

 अछामको जयगड बजारमा भीषण आगलागी,२७ घरटहरा जलेर नष्ट

1 मिनेट

२७ चैत ,काठमाडौं ।

 अछामको बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ । आगलागीका कारण बजारमा रहेका २७ वटा घरटहरा जलेर नष्ट भएको छ ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर मंगलबार साँझ ७ बजेतिर आगो सल्किएको थियो। हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल र गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसल नस्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी एवं प्रहरी निरिक्षक जय पार्कीले जानकारी दिए।

आगो मङ्गलसेन नगरपालिकाको दमकलको सहायतामा नेपाली सेनाको गोरख बक्स गण मङ्गलसैनबाट खटिएको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले नियन्त्रणमा लिएका हुन्।

आगलागीबाट करिब ७ करोड रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।