हामीसँग जोडिनुहोस

दक्षिण कोरियामा आगामी जुन ३ मा राष्ट्रपति पदको निर्वाचन हुने

1 मिनेट

२७ चैत ,काठमाडौं ।

दक्षिण कोरियामा आगामी जुन ३ मा राष्ट्रपति पदको निर्वाचन हुने भएको छ।संवैधानिक अदालतको निर्णयले निवर्तमान राष्ट्रपति यून सुक योल पदमुक्त भएपछि त्यहाँ समय अगावै राष्ट्रपति निर्वाचन हुन लागेको हो।

देशमा सैनिक शासन लागू गर्ने घोषणा गरेबापत संसदले यूनविरुद्ध महाभियोग पारित गरेको थियो भने यसै शुक्रबार संवैधानिक अदालतले महाभियोगलाई अनुमोदन गरेसँगै युन बर्खास्त भएका थिए।  संवैधानिक अदालतको फैसलाको चार दिनपछि कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हाड डुक सुको नेतृत्वमा आज बसेको मन्त्रिपरिषद् बैठकले नयाँ निर्वाचनको निर्णय गरेको हो।

दक्षिण कोरियाको संविधान अनुसार राष्ट्रपतिको पद रिक्त भएको ६० दिनभित्र नयाँ राष्ट्रपतिका लागि निर्वाचन गरिनुपर्छ।संवैधानिक अदालतले शुक्रवार युनलाई पदबाट बर्खास्त गरेयता नै निर्वाचन आयोगले समय अगावै उम्मेदवार दर्ताको प्रक्रिया शुरु गरिसकेको छ। उम्मेदवार हुने व्यक्तिले आगामी मे ११ सम्म आफ्नो नामांकन दर्ता गरिसक्नुपर्छ।

सन् २०२२ को निर्वाचनमा यूनसँग झिनो मतान्तरले पराजित भएका  विपक्षी लिबरल डेमोक्र्याटिक पार्टीका लोकप्रियतावादी नेता लि जाए म्युङ राष्ट्रपति पदका लागि सबैभन्दा सशक्त नेताका रुपमा देखिएका छन्।  तर, उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा अदालतमा विचाराधीन छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।