२७ चैत ,काठमाडौं ।
नेपालले चारदेशीय टी–२० आई सिरिजमा विजयी सुरुआत गरेको छ ।
नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध आठ विकेटको जित निकाल्यो। कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहितकुमार पौडेलले अविजित ३७, आसिफ शेखले ३३ र बसिर अहमदले अविजित ३० रन बनाए।
पहिलो विकेटका लागि कुशल र आसिफले ८१ र तेस्रो विकेटका लागि रोहित र बसिरले अविजित ६२ रनको साझेदारी गरे।
कतारका लागि दुवै विकेट मुजिबउर रहमानले लिए। त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो।
प्रतियोगितामा आजै आयोजक हङकङ र कुवेतले खेल्नेछन्। नेपालले भोलि कुवेतसँग खेल्नेछ भने शनिबार आयोजक हङकङसँग खेल्ने तालिका छ।
तालिकाका शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन्। फाइनल खेल आगामी आइतबार हुनेछ। सोही दिन तेस्रो र चौथो स्थानका टोली एक आपसमा भिड्ने छन्।