एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रुपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो ।
आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडीबीको छ ।एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनले ट्म्पको ट्यारिफ घोषणाले एसिया व्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४.९ प्रतिशतमा झर्ने बताए । अमेरिकी नीतिगत परिवर्तनबाट प्रक्षेपणलाई कमजोर बनाएको छ भने अनिश्चय बढाएको उनको भनाइ छ ।
अमेरिकाको आर्थिक वृद्धि गत वर्षको २.८ प्रतिशतबाट यो वर्ष २ प्रतिशतमा र आगामी वर्ष १.९ प्रतिशतमा झर्ने सम्भावना रहेको एडीबीको भनाइ छ ।अमेरिकी नीतिले चीनको आर्थिक वृद्धिमा सबैभन्दा ठूलो प्रभाव पर्ने सम्भावना पनि एडीबीले देखाएको छ । चीन अमेरिकासँग सबैभन्दा गम्भीर व्यापार युद्धमा सामेल हुने देखिएकाले यस्तो प्रक्षेपण गरिएको छ ।
यति हुँदाहुँदै पनि दक्षिण एसियाको भने गत वर्षको ५.८ प्रतिशतबाट ६ प्रतिशत पुग्ने प्रक्षेपण छ ।यो आर्थिक वर्षमा थप ९०० मेगावाट उत्पादन बढ्ने प्रक्षेपण नेपाल विद्युत प्राधिकरणको छ ।चालु आर्थिक वर्षमा मूल्यवृद्धि ५.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण एडीबीको छ । आगामी वर्षमा यो ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ ।