हामीसँग जोडिनुहोस

संसद्को शिक्षा समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति

1 मिनेट

२७ चैत ,काठमाडौं ।

संसद्को शिक्षा समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुटेको छ ।

बुधबार बिहान ११ बजेदेखि बसेको शिक्षा उपसमितिको बैठकमा परिच्छेद ४ को दफा २८ देखि ३८ दफासम्ममा सहमति जुटेको समिति सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले जानकारी दिए ।

योसँगै विधेयकको दफा ३८ सम्म सहमति जुटेको हो । १६३ दफा रहेको विधेयकका ३८ दफामा सहमति जुटेको उनको भनाइ छ । बिहानदेखि परिच्छेद ४ का सबै दफामा छलफल भएर सहमति जुटेको चौधरीले बताए । थप दफामा छलफल गर्न भोली दिउँसो १२ बजेका लागि उपसमितिको बैठक बोलाईएको छ ।

शिक्षा समितिले विधेयकमाथि सहमति जुटाउन नेकपा एमाले सांसद् छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले फास्ट ट्र्याकमा छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको जनाएको छ ।

विवादित विषयमा उच्च तहमा सहमति जुटाउने भन्दै ति बाहेकका अन्य विषयमा सहमति जुटाउँदै आएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।