हामीसँग जोडिनुहोस

काभ्रे रोशी गाउँपालिका दाउनेमा बस र माइक्रो ठोक्किए, ११ जना घाइते

1 मिनेट

२८ चैत ,काठमाडौं ।

काठमाडौंबाट रामेछापको बाम्तीभण्डारतर्फ गइरहेको यात्रुबाहक बस बीपी राजमार्गमा दुर्घटना भएको छ। काभ्रे रोशी गाउँपालिका–९ दाउने मोडमा आज बिहान काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कृष गिरीले जानकारी दिए।

उनका अनुसार बस दुर्घटनामा ११ जना घाइते भएका छन्। उनीमध्ये ४ जनालाई ४ जनालाई मेथिनकोट अस्पताल र ७ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा पठाइएको छ।

यात्रुबाहक बस खाँदबारीबाट काठमाडौंतर्फ जाँदै गरेको मे–१ ख ३३९४ नंम्बर को हाइस गाडीलाई ठक्कर दिएर सडकबाट २० मिटर तल खसेको थियो।

प्रहरीका अनुसार बसमा सवार १५ जना सवार रहेका थिए। बस चालक मंगलटार प्रहरीको नियन्त्रणमा रहेका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।