हामीसँग जोडिनुहोस

हङकङमा जारी टी- २० सिरिजमा कुवेतविरुद्ध नेपालको शानदार जित

1 मिनेट

२८ चैत ,काठमाडौं ।

नेपालले कुवतेलाई ६ विकेटले हराएको छ।  ओपनर कुशल भुर्तेलको शाननदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टी- २० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।

मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ। यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो।

कुवेतविरुद्धको खेलमा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। यी दुईले पहिलो विकेटका लागि १ सय २७ रनको साझेदारी गरेका थिए। १४ औं ओभरमा आसिफ क्याच आउट हुँदा साझेदारी तोडिएको थियो।

आसिफले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन जोडे। त्यसको २ ओभरपछि कुशल भुर्तेल पनि आउट भए। ५० बलमा ८१ रन जोडेका उनी लङ अनमा क्याच आउट भए। उनले समान ६-६ चौका र छक्का प्रहार गरे।

त्यसै ओभरमा स्पिनर यासिन पटेलले कुशल मल्ललाई आउट गरेपछि नेपाल केही दबाबमा रहेको थियो। ६ बलमा ४ रन जोडेका कुशल मल्लले यासिनलाई क्याच फिर्ता दिएका थिए।

त्यसपछि दीपेन्द्र सिंह ऐरीले आक्रामक इनिङ खेल्दै नेपाललाई जितसम्म पुर्याए। दीपेन्द्रले १८ औं ओभरमा मित भावसरलाई ३ छक्का र १ चौकासहित २५ रन जोडेपछि नेपाल जितनजिक पुगेको थियो। उनी १९ औं ओभरको पहिलो बलमा क्याच आउट भए। दीपेन्द्रले १२ बलमा २ चौका र ३ छक्कासहित ३१ रन बनाए।

गुलशन ९ रन र रोहित ५ रनमा नटआउट रहे। कप्तान रोहितकुमार पौडेलले ५ बलमा ४ रन जोडे।

टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो। ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै आक्रामक सुरुवात दिलाए । उनी पाँचौ ओभरको पहिलो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट भए । सुरुवाती विकेटका लागि ४३ रनको साझेदारी भएको थियो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।