हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

तोलामा ५ हजार ७ सय बढ्यो सुन, तोलामा १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो

0 मिनेट

२८ चैत ,काठमाडौं ।

सुनको मूल्यमा भारी वृद्धि भएको छ।अघिल्लो दिन तोलामा २ हजार बढेको सुन आज एकै दिन ५ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८१ हजार १ सय रुपैयाँ पुग्यो।

सुनको यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत शुक्रबार १ लाख ८० हजार ३ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो।

त्यस्तै चाँदी ६५ रुपैयाँ बढेको छ। अघिल्लो दिन १८३५ रुपैयाँ रहेकोमा आज १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

ट्रेण्डिङ