हामीसँग जोडिनुहोस

पछिल्लो २४ घण्टामा चट्याङका कारण देशभर ५ जनाको मत्यु,१६ जना घाइते

1 मिनेट

२८ चैत ,काठमाडौं ।

पछिल्लो २४ घण्टामा चट्याङका कारण देशभर ५ जनाको मत्यु भएको छ । राष्ट्रिय विप्द जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न पाँच जिल्लामा ५ जनाले ज्यान गुमाएका हुन् ।

झापाको गौरादह नगरपालिका–५ स्थित बालुबथानमा ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङको झड्का लागेर उनको मृत्यु भएको हो ।

मोरङको कानेपोखरी गाउँपालिका–१ मा १२ वर्षीय बालकको मृत्यु भएको छ । धनुषाको नगराईन नगरपालिका–८ अकौरामा ६० वर्षीया महिलाको मृत्यु भएको छ । खेतमा गएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।डोटीको सायल गाउँपालिका–६ दल्लेखमा ३३ वर्षीया महिलाको मृत्यु भएको छ । सो स्थानमा ७ जना घाइते भएका छन् । बझाङको बित्थडचिर गाउँपालिका–३ मा ७८ वर्षीया महिलाको मृत्यु भएको छ । सो ठाउँमा २ जना बालिका घाइते भएका छन् ।

गएरातिबाट आएको वर्षाका कारण कालिकोटको रास्कोट नगरपालिका-६ मा लेदो सहितको पानीको कारण एउटा घरमा क्षति पुगेको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला स्थित राप्ती राजमार्गमा पहिरोका कारण क्षति पुगेको छ । त्यस्तै कालिकोटको सुर्खेत–हुम्ला सडक अवरुद्ध भएको छ ।
विपद्मा परेर देशभर १६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।