हामीसँग जोडिनुहोस

चिनिया आयातमा थप कर लगाउने अमेरिकाको घोषणा

1 मिनेट

२९ चैत,काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत पुगेको ह्वाइट हाउसले पुष्टि गरेको छ।
ट्रम्पको एक आदेशअनुसार ह्वाइट हाउस दर्जनौँ देशका लागि ९० दिनका लागि थप कर वृद्धिको योजनालाई थाती राखेपनि चीनविरूद्ध लगातार कर वृद्धिको घोषणा गरेको छ।

चिनियाँ आयातमा नयाँ करको घोषणा गर्दै कुल कर दर १२५ प्रतिशत पुर्‍याएका छन्। यो आँकडा फेन्टानिल आपूर्ति श्रृङ्खलामा चीनको कथित भूमिकालाई लिएर यस वर्षको शुरुमा २० प्रतिशत अतिरिक्त शुल्क लगाएमाथि थपिएको हो। यससँगै ट्रम्पले यो वर्ष चिनियाँ उत्पादनमा लगाएको कुल कर १४५ प्रतिशत पुगेको छ।

तर वासिङ्टनले अनुचित ठानेका अभ्यासलाई सम्बोधन गर्ने उद्देश्यले चीनबारे पछिल्लो १२५ प्रतिशतको आँकडामा उल्लेखनीय बहिष्करण समावेश छन्।

यसमा स्टिल र आल्मुनियमको आयात साथै सवारी साधनजस्ता उत्पादनहरू समावेश गरिएको छैन । ट्रम्पले आफ्नो फरक फरक कार्यकालमा अलगअलग गरी २५ प्रतिशत कर लगाएका थिए। यो सङ्ख्या तामा, फार्मास्युटिकल्स, सेमीकण्डक्टर, काठ र ऊर्जा उत्पादनजस्ता सामानमा पनि लागू हुँदैन।

यी सबै कुराले वासिङ्टन र बेइजिङबीच तनाव बढिरहेका वेला पनि करको स्तरको जटिल चित्र प्रस्तुत गरेको छ । राष्ट्रपति ट्रम्पले चिनिया सामानको आयातमा बुधवार ९ अप्रिलदेखि १०० प्रतिशतभन्दा बढी कर लगाउने चेतावनी दिएसँगै दुई देशबीच पूर्ण स्तरको ‘व्यापार युद्ध’ हुने सम्भावना देखिएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।