हामीसँग जोडिनुहोस

गृहमन्त्री रमेश लेखकले आज तीनकुने घटनाबारे संसदीय समितिमा जवाफ दिने

0 मिनेट

२९ चैत,काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले आज तीनकुने घटनाबारे संसदीय समितिमा जवाफ दिने भएका छन्।

विहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री लेखकलाई बोलाइएको छ। चैत १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा प्रहरीले जथाभावी गोली चलाएको विषयमा सांसदहरुले गृहमन्त्रीको जवाफ मागेका थिए।

यस्तै आजै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे बस्नेछ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचि रहेको सचिवालयले जनाएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।