हामीसँग जोडिनुहोस

हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो

1 मिनेट

२९ चैत,काठमाडौँ ।

गएको १५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई प्रहरीलाई पक्राउ गरी काठमाण्डौ ल्याएको छ । भारतको असाममा पक्राउ परेका प्रसाईंलाई प्रहरीले झापाबाट विमानमार्फत काठमाण्डौ ल्याएको हो ।

राजसंस्था पुनर्बहालीको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान जानुका साथै निजी तथा सरकारी भवन, कार्यालय तथा गाडीमा आगजनी र तोडफोड भएपछि सरकारले प्रसाईंको खोजी गरिरहेको थियो ।

नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले विज्ञप्ति निकालेर प्रसाईंलाई झापामा पक्राउ गरिएको जानकारी दिनुभएको छ । विज्ञप्तिमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुर्गा प्रसाईं र प्रसाईंका अङ्गरक्षक दीपक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरेको उल्लेख छ ।

प्रसाईंलाई भारतको असमबाट काँकडभिट्टा हुँदै ल्याउँदाको गाडीसमेत देखिने भिडिओ सार्वजनिक भए पनि प्रहरीले किन झापाबाट पक्राउ गरेको भनिरहेको छ भन्दै धेरैले प्रश्न गरेका छन् । प्रहरी प्रवक्ता आचार्यले भने आफूहरूको क्षेत्राधिकार नेपालमा मात्रै रहेको र अरू देशमा पक्राउ परेको भन्ने केही नरहेको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।