हामीसँग जोडिनुहोस

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

1 मिनेट

२९ चैत,काठमाडौँ ।

गएको १५ गते काठमाण्डौको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाण्डाै जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले प्रसाईंसँगै पक्राउ परेका उनका अङ्गरक्षक दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । प्रसाईं क्यान्सरको बिरामी भएका कारण अदालतले प्रहरीलाई चिकित्सकको परामर्शमा उपचारको व्यवस्था गर्न आदेश दिएको छ ।

चैत १५ गते तीनकुनेमा हिंसा भड्किएपछि फरार रहेका प्रसाईंलाई प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरी बिहान झापाको भद्रपुर हुँदै जहाजबाट काठमाण्डाै ल्याइको हो ।

व्यवसायी प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरेका थिए । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका हुन् ।

राजावादीहरूको प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित दुई जनाको ज्यान गएको थियो । यस्तै दर्जनौं गाडीसहित र व्यक्तिगत तथा सार्वजनिक संरचनामा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।