हामीसँग जोडिनुहोस

 स्थानीय तहमा ३६ हजार बढी जनप्रतिनिधिको पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

1 मिनेट

२९ चैत,काठमाडौँ ।

स्थानीय तहमा दलीय आधारमा निर्वाचित ३६ हजार बढी जनप्रतिनिधिको पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता प्रकाश अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयुक्त तथा आयुक्तको कार्यालय र संघीय संसद्अन्तर्गत दुवै सदनलाई विपक्षी बनाइ उक्त रिट दायर गरेका हुन् ।

दलविहीन स्वतन्त्र स्थानीय तह हुनेगरी परमादेशको माग गर्दै रिट दायर भएको हो ।नेपालको संविधान २०७२ ले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको चुनाव दलीय आधारमा गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहको चुनाव दलीय आधारमा गर्नुपर्ने अनिवार्य व्यवस्था नगरेकाले हालको स्थानीय तहका जनप्रतिनिधिहरु वैधानिक नभएको दाबी रिटमा गरिएको छ ।संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर स्थानीय तहमा दलीय आधारमा चुनाव हुने गरी बनाइएका कानुन, नियमावली र निर्देशिका एकमुस्ट खारेज गरेर दलविहीन तरिकाले पुनः चुनाव गराउनेगरी परमादेश गर्न माग रिटमा गरिएको छ ।यसैगरी रिटमा स्थानीय तहको चुनावको दायित्व स्थानीय प्रदेशलाई दिइ गैरदलीय आधारमा गराउनुपर्ने माग उनले गरेका छन् ।

देशभर एकाध स्थानीय तहमा बाहेक अधिकांश ठाउँमा ३६ हजार भन्दा बढी दलीय जनप्रतिनिधिहरु रहेका छन् ।

अधिवक्ता अधिकारीले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि वैशाख १७ गते पेशी तोकिएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।