हामीसँग जोडिनुहोस

काठमाडौँ र ललिपुरका विभिन्न स्थानमा आज बिजुली काटिने

1 मिनेट

काठमाडौं,३० चैत ।

काठमाडौँ र ललिपुरका विभिन्न स्थानमा आज (शनिबार) १ देखि ५ घण्टासम्म बिजुली काटिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार आज काठमाडौँस्थित बलम्बु  सहायक वितरण केन्द्रको थानकोट फिडरअन्तर्गत नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङ क्षेत्रमा बिजुलीको पोल स्थानान्तरण कन्डक्टर स्तरोन्नति गर्न बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् बन्द गरिने छ।

ती क्षेत्रमा भूमिगत तार बिच्छ्याउन उक्त अवधिभर फिडर सट डाउनमा राखिएको प्राधिकरणले जनाएको छ।त्यस्तै ललितपुरकै लगनखेल वितरण केन्द्रको इमाडोल २ फिडरअन्तर्गत ग्वार्को, इमाडोल, कृष्णमन्दिर, ढुंगेसाँगु, बोजेपोखरी, टिकाथली, नर्कटे, लुभ, चाँगाथली क्षेत्रमा दिउँसो साढे २ देखि साढे ३ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ।

लगनखेल वितरण केन्द्रकै जावलाखेल फिडरअन्तर्गत जावलाखेल, कुमारीपाटी, नटोल क्षेत्रमा दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् बन्द हुने प्राधिकरणले जनाएको छ।यसैगरी लगनखेल वितरण केन्द्रकै रिङरोड फिडरअन्तर्गत जिल्ला प्रशासन कार्यालय ललितपुर, एभीएम चोक, कुसुन्ती, कान्तिपुर कोलोनी, नखिपोट, शिवचोक, चुम्लुङ भवनलगायत क्षेत्रमा बिहान ११ बजेदेखि १२ बजेसम्म विद्युत् अवरुद्ध हुने छ।

तर काम तोकिएको समयअगावै सकिए यसभन्दा अघि नै विद्युत् सञ्चालन गरिने जानकारी पनि प्राधिकरणले गराएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।