हामीसँग जोडिनुहोस

आन्दोलनरत शिक्षकहरूको आज पनि प्रदर्शन जारी

0 मिनेट

काठमाडौं,३० चैत ।

आन्दोलनरत शिक्षकहरूको आज पनि प्रदर्शन जारी राखेका छन् । गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरू शनिबार (आज) सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।

बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेरै प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।शिक्षक महासंघको नेतृत्वमा आन्दोलन भइरहेको हो । महासंघले आन्दोलन र वार्ता सँगसँगै लगेको छ ।

बिहीबार र शुक्रबार वार्ता भएको थियो । आज पनि वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित शिक्षहरू सडक आन्दोलनमा उत्रिएका हुन् । यससँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुस्तिका जाँच पनि प्रभावित भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।