काठमाडौं,३० चैत ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूसँग जति अरू कुनै पार्टीसँग युवा नभएको बताएका छन्।
आज दमकमा आयोजित जागरणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले जति अरू पार्टीले युवा भेला गर्न नसक्ने भन्दै चुनौती दिएका छन्।
प्रधानमन्त्री ओलीले युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताए। एमालेले वैशाख ११ गते (लोकतन्त्र दिवस) का दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्षमुनिका युवालाई त्यसदिन काठमाडौँ आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन आह्वान गरे।उनले युवाहरूलाई आफ्नो सामर्थ्य पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्न आह्वान पनि गरे।