हामीसँग जोडिनुहोस

आईसीसी पुरूष अन्डर–१९ विश्वकप एसिया छनोट आजदेखि काठमाडौंमा सुरू हुँदै

1 मिनेट

काठमाडौं,३१ चैत। 

आईसीसी पुरूष अन्डर–१९ विश्वकप एसिया छनोट आजदेखि काठमाडौंमा सुरू हुँदैछ। प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुँदै छन्। मूलपानीको तल्लो मैदानमा नेपालले युएइसँग खेल्दैछ भने माथिल्लो मैदानमा अफगानिस्तान र ओमान खेल्न लागेका हुन्।

दुबै खेल बिहान साढे ९ बजे सुरु हुनेछन्। प्रतियोगिताको तयारी स्वरुप नेपालले अफगानिस्तानसँग ३ खेलको अभ्यास सिरिज खेलेको थियो।सो सिरिजमा २–१ ले पछि परेको नेपालले दिल्ली अन्डर–१९ विरुद्धको सिरिज भने ३–० ले क्लिनस्विप गरेको थियो।

प्रतियोगिता अन्तर्गत नेपालले सोमबार ओमानसँग खेल्ने छ भने बुधबार हङकङ र आगामी शनिबार अफगानिस्तानको सामना गर्ने छ।

सिङ्गल राउण्ड रोविनको शीर्ष स्थानमा रहने टोलीले जिम्बाबे र नामिबियामा आयोजना हुने आईसीसी पुरूष अन्डर(१९ विश्वकप २०२६ मा स्थान बनाउने छ । निर्माण कार्य जारी रहेको मुलपानीको तल्लो मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुन लागेको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।