हामीसँग जोडिनुहोस

 अमेरिका र इरानबीच सात वर्षपछि परमाणु वार्ता

1 मिनेट

काठमाडौं,३१ चैत। 

अमेरिका र इरानबीच सात वर्षपछि परमाणु वार्ता भएको छ।

ओमानको मध्यस्थतामा यी दुई देशका प्रतिनिधिबीच ओमानको राजधानी मस्कटमा वार्ता भएको हो।  दुई देशबीच पछिल्लोपटक सन् २०१८ मा उच्चस्तरीय परमाणु वार्ता भएको थियो। पछिल्लो वार्तालाई दुवै देशले रचनात्मक भएको बताएका छन्।

वार्तामा अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकोफ र इरानी प्रतिनिधि मण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अरागचीले गरेका थिए।

अप्रत्यक्ष रुपमा भएको वार्तामा दुवै देशका प्रतिनिधि मण्डलले ओमानका विदेश मन्त्री बदर बिन हम्माद अल–बुसैदीले सन्देश आदान प्रदान गरेको बीबीसीले जनाएको छ।

ओमानी विदेश मन्त्रीको उपस्थितिमा विटकोफ र इरानी विदेशमन्त्री अरागचीबीच केही मिनेट छलफल भएको थियो। वार्तापछि इरानी विदेशमन्त्री अरागचीले शान्तिपूर्ण र सम्मानजनक माहोलमा बैठक भएको बताए।

यस्तै ह्वाईट हाउसले एक वक्तव्य जारी गर्दै वार्ता निकै सकारात्मक र रचनात्मक भएको बताएको छ। अगामी हप्ता यी दुई देशबीच पुनः वार्ता हुने भएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।