काठमाडौं,३१ चैत।
हङकङमा सम्पन्न चार देशीय टी-२० सिरिजको उपाधि कुवेतले जितेको छ । फाइनलमा कुवेतले नेपाललाई ३ रनले पराजित गरेको हो ।
कुवेतले दिएको १७५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै १७१ रन बनाएको हो ।
नेपालका लागि बशीर अहमदले ८० रन बनाए भने नन्दन यादवले ३७ र आसिफ सेखले २१ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाउदै १७४ रन बनाएको थियो ।